Incident Reports

हिरासतमा मृत्यु भएको घटना बारे मानवअधिकारकर्मीद्वारा अनुगमन l

2014-10-26

Province 1, Morang, Ratuwamai

Suk Dev Chaudhary सिजुवा गाविस -३ का ५७ वर्षीया मधु ताजपुरीयाको प्रहरी हिरासतमा भएको मृत्युको घटनाबारे कात्तिक ९ गते मानवअधिकारकर्मीको टोलीले स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको संयुक्त टोलीले घटनाको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा टोलीले प्रहरी, प्रत्यक्षदर्शी, पीडित परिवार, स्थानीयबासीसँग घटनाको बारेमा जानकारी लिएका थिए । गत कात्तिक ७ गते मादकपदार्थ सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले मधु ताजपुरीयालाई नियन्त्रणमा लिएकोमा इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा उनको मृत्यु भएको थियो । अनुगमनबाट प्राप्त जानकारीका आधारमा पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिका लागि पहल गरिने आयोगका क्षेत्रीय निर्देशक कोषराज न्यौपानेले जानकारी दिए । टोलीमा इन्सेक क्षेत्रीय संयोजक सोमराज थापा, इन्सेक मोरङ प्रतिनिधि सुकदेब चौधरी, आयोगका देवेन्द्र रेग्मीलगायत संलग्न रहेका थिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis