Incident Reports

सडक अलपत्र पारेपछि ठेकेदारको तस्बिरसहित प्रदर्शन

2023-05-14

ओखलढुंगा — ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीय आन्दोनलमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको गोबरसहितको तस्बिरको ब्यानर बोकेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा सैयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ ।

१२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले कान्छाराम कन्सट्रक्सनका प्रमुख कान्छाराम भनेर चिनिने पूर्णबहादुर तामाङको विरोधमा नाराबाजी गरेका छन् ।

ठेकेदार कान्छाराम रामेछापका कांग्रेस जिल्ला सभापति तथा संघीय प्रतिनिधिसभाका सांसद हुन् । उनको फर्ममार्फत स्थानीय ठेकेदार जितबहादुर श्रेष्ठले काम गरेका थिए । काममा लगाइएका दर्जनौं कामदारले महिनौंदेखि मजदुरीको पैसा समेत नपाएको गुनासो छ । सडक निर्माण तत्काल सुरू गरी सम्पन्न नगरे आन्दोलन चर्काउने सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis