Incident Reports

महिला हत्यामा संलग्न थप एक जना गिरफतार

2014-10-25

Madhes, Siraha, Lahan

Durga Pariyar महिलाको हत्या गरेको आरोपमा सुनसरी जिल्ला पुर्वकुसहा गाविसका २२ वर्षीय मुकेश शर्मालाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक ८ गते गिरफ्तार गरेको छ । आरोपितले पडरिया गाविस -९ कि २२ वर्षीया नितु पूवेलाई मृतकको देवर सुनसरी जिल्ला पूर्वकुसहा गाविसका २२ वर्षीय नेत्र शर्मासँग मिलेर हत्या गरी उनको शव सोही गाविसको सलहेश फूलबारी नजिक हृयूम पाइपमा फ्यालिदिएको अवस्थामा असोज २७ गते भेटिएको थियो । मृतकको परिवारजनले इलाका प्रहरी कार्यालय लहानमा असोज २ गते आरोपितहरु बिरुद्ध किटानी जाहेरी हालेका थिए। शवको पोष्टमार्टमको लागि लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज २७ गते भएको थियो । प्रहरीले पीडितका पति र सौतालाई कात्तिक १ गते गिरफ्तार गरेको थियो । अनुसन्धानका क्रममा आरोपित मेहताले मृतकको देवर नेत्रसँग महिलाको हत्या गरेको खुलेपछि आरोपितलाई दाङ जिल्लाबाट विशेष सुराकीको आधारमा गिरफ्तार गरिएको प्रहरीले जनायो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis