Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-05-09

Bagmati, Dhading, Benighat Rorang, Ward 7

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भारतको विहार घर भइ बेनिघाटरोराङ गाउँपालिका-७ मा बस्ने ४० वर्षीय मनोजकुमार यादवलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ । बेनिघाटरोराङ गाउँपालिका-७ मा पसल सञ्चालन गरेका यादवले वैशाख २६ गते महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २७ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिनुभएको थियो ।

आरोपितविरुद्ध वैशाख २८ गते उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी एवम् इन्सपेक्टर धर्मजंग थिङले जानकारी दिनुभयो । पीडितको धादिङ अस्पतालमा वैशाख २८ गते स्वास्थय परीक्षण भयो । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही आरोपितविरुद्ध वैशाख २७ गते उजुरी दिएकोमा वैशाख २८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई वैशाख १ गते घरमै यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते धादिङ अस्पतालमा भयो । आरोपित जिल्ला अदालतको अनुमतिले प्रहरी हिरासतमा रहेको इन्सपेक्टर थिङले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments