Incident Reports

हिरासतमा मृत्यु भएको भन्दै आफन्तद्वारा प्रहरी कार्यालय घेराउ

2014-10-25

Province 1, Morang, Ratuwamai

Sukdev Chaudhary सिजुवा गाविसस्थित इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको विरोधमा कात्तिक ८ गते आफन्तहरू तथा स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गरेका छन् । कात्तिक ७ गते मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका सिजुवा गाविस-३ का ५७ वर्षीय मधु ताजपुरियाको प्रहरी हिरासतमा शंकास्पद रुपमा मृत्यु भएको थियो । मृतक ताजपुरियाका आफन्त र स्थानियवासीले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय सिजुवा घेराउ गरी नाराबाजी गरेका छन् । सो क्रममा प्रहरी र स्थानियवासीबीच झडप समेत भएको छ । झडपमा परी प्रहरी सहित ७ बढी घाइते भएको बताइएको छ । प्रहरी र मृतकका आफन्त तथा स्थानीयबासीबीच भएको वार्तामा मृतकको पुनः पोष्टमार्टम गर्ने सहमति भएपछि अवस्था सामान्य भएको थियो । प्रहरीले ताजपुरियालाई गत कात्तिक ७ गते बेलुका साँढे ४ बजेतिर गिरफ्तार गरेको थियो । सिजुवा बजारमा आयोजना गरिएको ओम शान्तिको कार्यक्रममा मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि ताजपुरियालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । हिरासत मै राती बेहोस भएपछि विराटनगरस्थित कोशी अञ्चल अस्पताल उपचार गर्न लगिएको थियो भने उपचार कै क्रममा राति ८ बजे उनको मृत्यु भएको प्रहरीको भनाई रहेको छ । यसैबीच, इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर बाबुराम पोखरेलले भने ताजपुरियाको मृत्यु शंकास्पद भएपनि प्रहरीको कुटाइबाट नभएको दाबी गरे । पोखरेलले भने ताजपुरियालाई पक्राउ गरेलगत्तै आफै बेहोश भएर लडेपछि उपचारका लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगेको र त्यही उपचारको क्रममा मृत्यु भएको जनाए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis