Incident Reports

शिक्षकको कुटपिटबाट दुई छात्रा घाईते

2023-05-12

Gandaki, Tanahun, Shuklagandaki, Ward 7

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया दुई छात्रालाई सोही विद्यालयका शिक्षक भेषबहादुर मगरले वैशाख २९ कुटपिट गरि घाईते बनाएको पीडित बालिकाहरूले बताउनुभयो ।

पढ्न आउँदा पुस्तक नल्याएको र गृहकार्य पनि नगरेको भन्दै शिक्षक मगरले ति छात्राहरूलाई कुटपिट गरेको बालिकाहरूले बताउनुभयो । ‘हामीलाई सरले सेटबुकको होमवर्क दिनुभएको थियो, हामीसंग सेटबुक थिएन’ पीडित बालिकाले भन्नु भयो ‘आधा मात्रै होमवर्क गरेका थियौं त्यसैले सरले पिट्नु भयो’ ।

शिक्षक मगरले हातमा लौरीले १४ देखी ३८ पटकसम्म पिटेको पीडितले आरोप लगाउनु भयो । घाईते मध्ये एकको देब्रे हातमा प्लास्टर र दाहिने हातमा ब्यान्डेज लगाइएको छ, भने अर्को बालिकाको दाहिने हातमा प्लास्टर गरिएको छ ।

विद्यालयका प्रअ दिपक विश्वकर्माले छात्राहरूलाई कुटपिट गर्ने शिक्षक मगरलाई कारबाही स्वरूप विद्यालयबाट निस्कासन गरिएको बताउनु भयो । उहाँले घाईते छात्राको उपचार खर्च कुटपिट गर्ने शिक्षकले नै व्यहोर्ने गरि अभिभावकसँग सहमती भएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर याम अर्यालले उक्त घटनाको बारेमा प्रहरीमा कुनै जाहेरी नपरेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
INSEC

0 Comments