Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-10-17

Karnali, Kalikot, Palata, Ward 4

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–६ का ३१ वर्षीय शंक बुढालाई आठ महिना पछि वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित बुढाले ०७९ असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि आरोपित फरार अवस्थामा थिए । पीडित पक्षको उजुरीका आधारमा घर नजिकैको खोलामा लुकेको अवस्थामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुबराज बमले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ कात्तिक ९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments