Incident Reports

महिलाको हत्या गरेको आरोपमा भतिजा गिरफ्तार

2014-10-25

Madhes, Siraha, Golbazar

Durga Pariyar एक महिलाको हत्या गरेको आरोपमा बलकवा गाविस-९ का २६ वर्षीय रामउदगार सदालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले कात्तिक ६ गते गिरफ्तार गरेको छ । आरोपित सदाले आफ्नी काकी ३५ वर्षीया गीतादेवी सदालाई असोज २९ गते शारिरीक सर्म्पर्क गरी हत्या गरेको बताएका छन् । सदाका अनुसार काकीसँग उनको नाजायज सम्बन्ध रहेको थियो । काकीलाई पटक पटक सम्बन्ध नराख्नु भन्दा पनि सम्बन्ध राख्न कर गरेपछि सो दिन उनीसँग शारिरीक सर्म्पर्क गरी उनको सारीले घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष बयान दिएका थिए । असोज २९ गते दिउँसो घास काट्न घरबाट हिडेकी सदाको लास सोही वडाको उखु बारीमा उनलाई खोज्ने क्रममा असोज ३० गते बिहान उनका पतिले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर हरि खतिवडाका अनुसार घटनाको अनुसन्धानको क्रममा आरोपितले मोबाइल सर्म्पर्क गरी मृतकलाई घटनास्थलमा बोलाएको देखिएको र आरोपितको बयानको आधारमा हत्या गरेको देखिएकोले उनलाई गिरफ्तार गरेको बताए । घटनाको विस्तृत जानकारी थप अनुसन्धानबाट खुल्ने भएकोले आरोपितलाई अनुसन्धानको लागि म्याद थप गराउने बताए । मृतकको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पतालमा असोज ३० गते भएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis