Incident Reports

अश्लील तस्बिरहरू पठाई महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

2023-05-15

Bagmati, Kathmandu, Kathmandu

महिलालाई अश्लील तस्बिरहरू पठाएर हैरानी दिने तथा चरित्रहत्या गरेको आरोप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय नन्दलाल शर्मा रहेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ घर भई हाल काठमाडौँको ठमेल बस्ने शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी पीडित महिलासँग कुराकानीका क्रममा बैंकहरू मार्फत ऋण मिलाई दिन्छु भन्दै भेटघाट गरी विभिन्न प्रलोभन देखाएर नजिक भएका थिए । कुराकानीकै क्रममा शर्माले पीडितलाई मन पराउने र माया गर्ने भनेर विश्वासमा पारी सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिची भिडियोसमेत रेकर्ड गरेको साइबर ब्यूरोले जनाएको छ ।

पछि सोही तस्बिर तथा भिडियो देखाई पटक-पटक सम्पर्क गरी शर्माले बोलाउने गरेका थिए । यसरी बोलाएको स्थानमा पीडित महिला जान नमानेपछि उनले ह्वाट्स एपमार्फत पीडितको आफन्त तथा साथी भाइलाई अश्लील तस्बिरहरू पठाएका थिए । पीडित महिलाको उजुरीपछि शर्मालाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा जेठ १ गते पोखराबाट पक्राउ गरिएको थियो । उनलाई पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका उप-निर्देशक पशुपति कुमार रायले जानकारी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments