Incident Reports

विद्यार्थी कुटपिट घटनामा मिलापत्र

2023-05-12

२१ जना विद्यार्थी कुटेर केहीलाई गम्भीर घाइते बनाएका शिक्षक अञ्जनकुमार आचार्यले कानुनी कारबाहीबाट बच्न विद्यार्थीका अभिभावकलाई मिलापत्र गर्न बध्य तुल्याएका छन् । गोदावरी नगरपालिका-४ बडिखेलस्थित पथ प्रर्दशक माध्यमिक विद्यालयका शिक्षक आचार्यले ०८० वैशाख २९ गते कक्षा ७ मा अध्ययनरत २२ जना मध्ये २१ जना ११ देखि १३ वर्षका बालबालिकालाई पानी खान प्रयोग हुने कालो पाइपले कक्षा कोठामा थुनेर पिटेको पीडित विद्यार्थीहरूले बताए । स्वास्थ्य विषय पढाउने शिक्षक आचार्यले गृहकार्य गरेको छ कि छैन भन्ने सोधेर काम गरेका र नगरेका सबैलाई पिटेका थिए भने पढाउन बाँकी भएको पाठको समेत प्रश्न गरी पिटेको पीडितको भनाइ छ ।

शिक्षक आचार्यले कक्षामा उपस्थित २१ जना विद्यार्थीलाई कुटपिट गरेका थिए भने उनको पिटाइलाई सहन नसकेर ‘ऐया दुख्यो’ भन्नेलाई अझै निर्घात कुटेपछि विद्यालयको दोस्रो तल्लाको झ्यालबाट भाग्न खोजेको एकजना पीडितले बताउनु भयो । पिटाइपछि पिसाब लाग्यो भनेर घर भागेकी एक छात्राले रुँदै घरमा गएर अभिभावकलाई भनेपछि अभिभावकहरू विद्यालयमा गएको अभिभावकले बताए । अभिभावकहरू विद्यालयमा जाँदा आरोपित शिक्षक विद्यालयमा नभेटिएको अभिभावकले बताए । त्यसपछि अभिभावकहरू आरोपित शिक्षकको घरमा गएका थिए भने केही शिक्षकले विद्यार्थीको उपचारका लागि ठैवस्थित मेडसिटी अस्पताल लगेर धेरै घाइते भएका विद्यार्थीको एक्सरे गरएर सबैलाई साँझ घर फर्काएका थिए ।

अभिभावकहरू निकै आक्रोसित हुँदै वैशाख ३१ गते प्रहरी वृत्त सातदाबाटोमा गएर आरोपित शिक्षकविरुद्ध उजुरी दर्ता गर्ने बताएका थिए । अभिभावकहरू दिउँसो १२ बजे सातदोबाटोस्थित प्रहरी वृत्तमा उपस्थित भएका थिए । उनीहरू गाउँबाट आउँदा उजुरी दर्ता गर्ने मनसाय भएपनि साँझ ५ बजेसम्म उजुरी लेखाउने भनेर प्रहरी वृत्तबाट बाहिर निस्किएकोमा लिखत लिएर फर्किनेले मिलापत्र कागज लिएर आएको पीडित अभिभावकले बताए । आरोपित शिक्षक आचार्यले पीडित बालबालिकाका परिवारलाई तीन वर्षसम्म पढाउन खर्च दिने सम्झौता गर्दै कानुनी कारबाहीबाट बच्न खोजेका छन् ।

उनले एकमुष्ठ १ लाख ८ हजार दिने सम्झौता गरेका छन् । सम्झौता पत्रमा रकम उल्लेख नगरिएको भए पनि १८ जना विद्यार्थीलाई वार्षिक ६ हजारका दरले क्षतिपुर्ति दिने सम्झौता भएको छ । थप कारबाही छल्न सम्झौता पत्रमा उल्लेख भएका कुरा कानुन विपरित भएको खण्डमा कानुन बमोजिम हुने भनेर उल्लेख छ । प्रहरी वृत्त सातदोवाटोका डिएसपी उमेश जोशीले उजुरी नआएसम्म आफूले कारबाही प्रकृया अघि बढाउन नसक्ने भन्दै घाइतेहरूलाई उपचार गराई दिने शर्तमा आरोपितलाई छोडेका बताउनु भयो । उहाँले भन्नु भयो, 'हामीले मिलापत्र गरेका छैनौँ' ।

तर बाहिर मिलापत्र गरेर आउन प्रहरीले सहायक भूमिका निभाएको स्थानीयको आरोप छ । दिनभर प्रहरी वृत्तमा आएर उजुरी हाल्न ठिक्क परेका पीडितलाई विचौलियाले फकाई फुल्याई तीन वर्षसम्म पढ्न छुट गराई दिने शर्तमा हस्ताक्षर गराएर घटना मिलाएका हुन् ।

आरोपित शिक्षक आचार्य उनीहरूको क्षतिपुर्ति वापत १ लाख ८ हजार बराबरको छुट विद्यालयले दिनुपर्ने अड्डी कसेर सकेसम्म आफ्नो खल्तीबाट पैसा नदिने जुक्ति निकालेका थिए ।

तर विद्यालय प्रशासनले हामीले विद्यार्थी कुट्न लगाएको हो र भन्दै सो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।

घटना मिलाउन पूर्व वडाध्यक्ष मुकुन्द पहरी, विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र पहरी, शिक्षक मिठाराम थापा, स्थानीय विनोद आचार्यलगायत स्थानीय विचौलिया सक्रिय थिए ।

उहाँहरूले पीडितहरुलाई मिल्न दबाब र प्रभाव दिँदै विभिन्न प्रलोभन दिएको एक पीडितले बताउनु भयो । उहाँले भन्नुभयो, ‘के गर्नु गाँउ ठाँउमा बस्नुपर्छ । हाम्रा बालबालिका यहीँ पढ्नु पर्छ । म एक जनाले भनेर हुँदैन । पीडितलाई हदैसम्म कारबाही नभएसम्म मनले नै मान्दैन ।’

Photo_080-2-1_Lalitpur

बालबालिकामाथि आक्रमण गरेको एक वर्षसम्म हदम्याद रहेको र सो समयसम्म उजुरी गर्न सक्ने कानुनी व्यवस्था छ । शिक्षक आचार्य दोषी ठहरिए उनीमाथि ७५ हजार जरिबाना र तीन वर्षसम्म कैद सजाए हुन सक्ने कानुनी व्यवस्था छ ।

विद्यालय व्यवस्थापन समितीले शिक्षक अञ्जन कुमार आचार्यलाई कारबाही गर्न गोदावरी नगरपालिका शिक्षा शाखामा कारबाहीको लागि लेखी पठाउने निर्णय गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

गोदावरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुभाइ नगरकोटीले कारवाहीको पत्र पठाउने निर्णय भएको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 22
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments