Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-05-18

२६ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुलाई सोही दिन गिरफ्तार गरेको छ । पीडितका पति विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेको पीडितले बताउनु भयो । वैदेशिक रोजगारमा रहेको पतिले आफूसहित छोराछोरीलाई खान लाउन नदिएको र परिवारका अन्य सदस्यहरूले समेत आफूहरूमाथि हिंसा गरेको भन्दै पीडित महिला जिरोमाइल स्थित प्रहरी चौकीमा पुगेकी थिइन् ।

प्रहरीले पीडितको जेठाजु र सासु आमालाई बोलाएर घरायसी विवाद आपसमै सुल्झाउन र सहमति मै बस्न भनेर सम्झाई बुझाइ गरी पठाएको पीडितको भनाई छ । तर, घर पुग्दा पीडितलाई जेठाजुले कुटपिट गर्दै कोठामा बन्द गरी बलात्कार गर्ने प्रयास गरेको र प्रतिकार गर्दा शरिरको लुगा च्यातेर कुटपिट गर्दै छुरासमेत प्रहार गरेको पीडित महिलाले बताउनु भयो । आरोपितलाई घरबाटै गिरफ्तार गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिरोमाइल प्रहरी चौकीका असाई वीरेन्द्र यादवले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments