2023-05-18
Province 1, Morang, Biratnagar, Ward 13
४ जेठ, विराटनगर । विराटनगरको ट्राफिक चोकमा बिहीबार दिउँसो एक युवकमाथि छुरा प्रहार भएको छ । विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डीएसपी दाहालका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-१२ का दिपेन्द्र कामतलाई पक्राउ गरेको छ । कामतले सामान्य विवादमा राहुलमाथि छुरा प्रहार गरेका थिए । उनका अनुसार कामत र रायबीच बैंक भित्र विवाद भएको थियो । विवाद गरेपछि बैंकका सुरक्षा गार्डले कामतलाई बैंकबाट बाहिर निकालेका थिए । राय बैंकको काम सकेर फर्किने क्रममा छुरा प्रहार भएको डीएसपी दाहालले बताए । छुरा प्रहारबाट रायको हातमा चोट लागेको छ। उनको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Sharp weapon |
Primary Cause | Disputes over inheritance, debt, land and other economic disputes |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance