Incident Reports

बाल यौन दुर्व्यवहारकाे आरोपमा कृषि शाखा प्रमुख पक्राउ

2023-05-19

बाल यौन दुर्व्यवहारको आरोपमा मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटुवाल पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा कटुवाललाई प्रहरीले पक्राउ गरेको हो। कटुवालमाथि सुनकोसी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। बालिकाका आफन्तले कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। कटुवाल केही दिनदेखि फरार थिए।

कटुवालले आफ्नै घरमा काम गर्न बोलाएर उक्त बालिकालाई १७ मंसिरमा अश्लील भिडियो सामाग्री देखाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ। ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments