Incident Reports

श्रीमतीको हत्यापछि शव सेफ्टी ट्याङ्कीमा फालेर फरार रहेका श्रीमान पक्राउ

2023-05-19

Lumbini, Rolpa, Sunchhahari, Ward 8

श्रीमतीको हत्यापछि शव सेफ्टी ट्याङ्कीमा फालेर फरार रहेका श्रीमान पक्राउ परेका छन्। श्रीमतीको हत्या गरी फरार रहेका रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ। गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए। केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका विकलाई कपिलवस्तुमा ल्याइएको छ। उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन्। केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो। हत्यापछि छोराछोरी लिएर गर्भे विक फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments