Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2023-05-17

Karnali, Jumla, Kanakasundari, Ward 5

कनकासुन्दरी गाउँपालिका – ६ पछाईवाडा की २० वर्षीया दानसरा रावत पछाईलाई हत्या गरेको आरोपमा पति ३० वर्षीय रतन पछाईलाई प्रहरीले जेठ ३ गते चन्दननाथ नगरपालिका – ६ विजयनगरस्थित सडकबाट गिरफ्तार गरेको छ । आरोपित पत्नी घरदेखि हराएकी ११ दिनपछि जेठ २ गते तिला नदीमा शव भेटिएको थियो ।

तिला गाउँपालिका–२ लर्मीगाउँमा माइती भएकी दानसराको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिदिन आग्रह गर्दै आफन्तले जेठ ३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । शव पोष्टमार्टम जेठ ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ । आरोपित रतनलाई गिरफ्तारपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मराज जोशीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments