Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-10-26

Lumbini, Banke, Nepalgunj

Binod Pandey बाँके । ०७१ कात्तिक १० गते आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा नेपालगञ्ज नपा-१२ का ४० वर्षीय राजेश वाल्मिकिलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक ९ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक ९ गते बालिकाको घरमा बलात्कार गरेको पीडितले आफन्तलाई जानकारी गराए पछि पीडित परिवारले प्रहरीमा निवेदन दिएका थिए । आरोपितले बुवा आमा घरमा नभएको समयमा आफुलाई पटक पटक यौन दुर्व्यवहार गर्दै आएको पीडित बालिकाले बयान दिएको प्रहरीले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य परीक्षण भेरी अञ्चल अस्पतालमा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुशील राठोरले घटनाको अनुसन्धान भइरहेको बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis