Incident Reports

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

2023-05-22

१३ वर्षीया र १७ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा मकवानपुरको बागमती गाउँपालिका-७ स्थायी घरभइ बनेपा गेष्ट हाउस सञ्चालन गरेर बसेका ४२ वर्षीय लालमान तितुङ र चौरीदेउराली गाउँपालिका-३ का २० वर्षीय श्याम लामालाई प्रहरीले ०८० जेठ ६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार बालिकाहरूलाई होटलका सञ्चालकहरूले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेका थिए । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण जेठ ६ गते धुलिखेल अस्पतालमा भयो । आरोपित गेष्ट हाउस सञ्चालकहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारबाही गर्न जिल्ला अदालत धुलिखेलबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

0 Comments