Incident Reports

४ बालिका को उद्धार

2014-10-27

Bagmati, Makawanpur, Hetauda

Pratiksha Neupani विभिन्न प्रलोभन देखाई काम गर्न भन्दै काठमाडौं लैजाँदै गरेको अवस्थामा स्थानीय किशोरी समूहको सहयोगमा चार किशोरीको उद्धार गरिएको छ। छतिवन–९, सुधाका ती किशोरीलाई काठमाडौंको गलैंचा उद्योगमा काम गर्न लैजाँदै गरेको अवस्थामा सोमबार बिहान करिब ९ बजे हर्नामाडीबाट उद्धार गरिएको हो। स्थानीय किशोरी समूहले उद्धार गरेको थियो। उनीहरूलाई विभिन्न प्रलोभन देखाई अभिभावकलाई रकम दिएर लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरूले उक्त रकमबाट काठमाडौं जानका लागि आवश्यक सामान खरिद गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पदम यस योजनाका मुख्य नाइके भएको प्रहरीको अनुमान छ। पतिको दिनहुँ जसो हैरानी खेप्न नसकेर छ महिनादेखि माइती बस्दै आएकी आमाले छोरीहरूलाई काठमाडौं लैजाँदै गरेको थाहा पाएपछि स्थानीय किशोरी समूहलाई हारगुहार गरेकी थिइन्। किशोरी समूहले प्रहरी र सिविन बाल हेल्पलाइनमार्फत् उनीहरूको उद्धार गरेका हो। ‘परिवारको सबभन्दा ज्येष्ठ सदस्यले नै पैसा लिएर पुर्याउन आएको अवस्थामा पक्राउ गरेका छौं।’ – प्रनाउ थापाका अनुसार चारैजना बालबालिकासँग गलैंचासम्बन्धी केही पनि काम गर्न आउँदैन। ‘अग्रिम रकम दिएर काममा लगेकाले केही शंका गर्ने ठाउँ छ’, थापाले भने– ‘यस विषयमा अनुसन्धान गरिरहेका छौं।’ उनले कानुनले तोकेभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन नपाइने बताए। ‘किशोरीलाई हेटौंडा हुँदै लैजान लागेको थाहा पाएसँगै उनीहरूले धेरै गाडी साटफेर गरेछन्’, थापाले भने– ‘त्यस कारण पनि अझै सोच्नुपर्ने अवस्था सिर्जना भएको छ।’ प्रतिक्षा न्यौपाने

0 Comments