Incident Reports

दाइजोका कारण परिवारजनबाट हत्याको आरोप

2023-05-22

Madhes, Dhanusha, Janakpur, Ward 9

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण जेठ ७ गते परिवारजजबाट हत्या भएको पीडित पक्षको आरोप रहेको छ । आरतीकुमारी साहको हत्या उनका पति ३२ वर्षीय मोतीबाबु साह, ससुरा ७० वर्षीय मदनमोहन साह, सासु ५५ वर्षीया रेणु देवी साह, र देवर २७ वर्षीय रबि साहले गरेको नगराइन नगरपालिका–८ खिरखिरियाका मृतकका बुबा ४९ वर्षीय बिनोदप्रसाद साहको आरोप रहेको छ ।

आरोपितहरू विरुद्ध मृतकका बुबाले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषमा उजुरी दिनुभएको छ। आरोपित पति मोतीबाबु साह र ससुरा मदनमोहन साहलाई सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको छ । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनु भयो । डिएसपी गौतमका अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।

दुई वर्षअघि २५ लाख नगद दाइजो दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताउनु भयो । यसअघि पनि छोरीलाई उनका परिवारजनले थप दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट तथा शारीरिक र मानसिक यातना दिँदै आएको र ‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक रकम पनि दिएको’, उहाँले बताउनु भयो ।

पोल खुल्ने डरले आरोपितहरूले मृत शरीरलाई काव्या अस्पतालमा उपचारका लागि लगेको आरतीका बुबाको आरेप रहेको छ । आरोपित मोतीबाबुको काठमाडौंमा विवाहबाह्य सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक पटक उनीहरूबिच मनमुटावसमेत हुँदै आएको साहले बताउनु भयो । यता, आरोपित पति मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था राम्रो नभएकोले उनी मध्यान्हसम्म ओछ्यानमै रहेको सुनाए । ‘मैले उनलाई खाना खान आग्रह गरें । तर, उनले मानिनन् । उल्टै मलाई नै गाली गर्न थालिन् । सोही क्रममा आवेशमा आएर मैले उनलाई एक थप्पड हिर्काए र घरबाट निस्किएर गएँ । साँझ घर पुग्दा आरतीलाई खोजें । पछि मैले कोठाको चुकुल भित्रबाट बन्द भएको बुझें । बाहिरबाट धेरै पटक हल्ला गर्दा पनि नसुनेपछि अन्त्यमा ढोका तोडरे हेर्दा आरती पंखामा झुण्डेर आत्महत्या गरेकी थिइन् । म अक्क न बक्क भएँ ।’


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments