Incident Reports

सामूहिक बलात्कारका आरोपित गिरफ्तार

2014-10-27

Lumbini, Bardiya, Madhuwan

Man Bahadur Chaudhary बर्दिया । ०७१ कातिक ११ गते सानोश्री गाविसको जङ्गलमा कात्तिक ५ गते २८ वर्षीया एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका आरोपितहरूलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ । स्थानीय कुसुम्बा बजारमा लाग्ने हाटबजारबाट घर फर्कँदै गरेकी २८ वर्षीया महिलामाथि कात्तिक ५ गते बलात्कार गरेको आरोपमा ताराताल गाविस-५ का विजय भन्ने २० वर्षीय सुनिल सुनार, १८ वर्षीय यामबहादुर परियार र १८ वर्षीय बलराम कोइरालालाई प्रहरीले गिरफ्तार गरेको हो । आरोपित तीनै जनालाई जिल्ला प्रहरी कार्यालयले कातिक १० गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनापछि फरार रहेका तीनै जनालाई उनीहरूले प्रयोग गरेको मोबाइल फोनको लोकेसनको आधारमा गिरफ्तार गरेको हो । फरार रहेका कोइरालालाई आफ्नै गाउँ तारातालबाट र अरु दुईजनालाई सोरहवा गाविसबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रकुमार बस्यालले बताए । पीडितबाट कात्तिक ९ गते निवेदन आएको र जिल्ला अदालतबाट अनुसन्धानका लागि म्यादथप भइ सकेकाले अनुसन्धान गरी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी बस्यालले बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis