Incident Reports

बलात्कार प्रयासका आरोपितलाई म्याद थप गरी अनुसन्धान l

2014-10-26

Gandaki, Myagdi, Mangala

Amrit Baskune म्याग्दी । ०७१ कात्तिक ११ गते ३३ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाबियाचौर-७ घर भइ बेनी बस्ने ३० वर्षीय रुद्रबहादुर किसानलाई कात्तिक २ गते प्रहरीले गिरफ्तार गरी जिल्ला अदालतबाट कात्तिक ९ गते पुनः म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । आरोपित किसानले पीडित महिलालाई कात्तिक २ गते बलात्कार प्रयास गरेको भन्ने पीडित महिलाले सोहीदिन प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । आरोपितलाई सोही दिन गिरफ्तार गरी जबरजस्तीकरणी उद्योग मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनार्दन जिसीले बताए । पीडक र पीडित दवैको जिल्ला अस्पतालमा कात्तिक ३ गते स्वास्थ्य परीक्षण गरिएको थियो । अमृत बास्कुने

0 Comments

Related Reports
Related Trend Analysis