Incident Reports

अंशबण्डाको विषयमा बुबाको हत्या

2023-06-02

Province 1, Ilam, Mai, Ward 2

इलाम । अंशबण्डाको विषयमा विवाद हुँदा इलाममा एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् । आफ्नै बुबा ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।दीपकले जेठ ८ गते कुटपिट गर्दा गम्भीर घाइते भएका लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दीपकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports