Incident Reports

बहुविवाहका आरोपित पुर्पक्षका लागि थुनामा

2014-10-27

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७१ कात्तिक ११ गते रुपाकोट गाविस-७ घर भइ लेखनाथ नपा-१ भण्डारढिक बस्ने ३० वर्षीय नरजङ्ग गुरुङलाई बहुविवाहको आरोपमा जिल्ला अदालतले कात्तिक १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । आरोपितले चितवन जिल्ला भरतपुर नपा-३ की ४० वर्षीया सरदकुमारी गुरुङसँग असोज १६ गते बहुविवाह गरेको भन्दै जेठी पत्नी उर्मिला गुरुङले जिल्ला प्रहरी कार्यालयमा असोज १७ गते उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितलाई असोज १८ गते गिरफ्तार गरी बहुविवाह मुद्दा दर्ता गरी अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर गौतम मिश्रले बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis