Incident Reports

बलात्कार गरेको आरोपमा भारतीय नागरिक गिरफ्तार

2014-10-26

Lumbini, Banke, Nepalgunj

Binod Pandey बाँके । ०७१ कात्तिक ११ गते २१ वर्षीया एक महिलालाई बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक ९ गते भारत उत्तरप्रदेश मेरठ शहरका २६ वर्षीय मोहमद नवेद अन्सारीलाई गिरफ्तार गरेको छ । दैलेख घर भई कामको सिलसिलामा नेपालगञ्ज न्युरोडस्थित एक होटलमा सुतिरहेकी महिलालाई आरोपितले कात्तिक ९ गते राती आरोपितले झ्यालबाट प्रवेश गरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगी आरोपितलाई गिरफ्तार गरेको डीएसपी सुशील राठोरले बताए । पीडितको भेरी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis