Incident Reports

बुहारी हत्यामा संलग्न अभियुक्त १५ वर्षपछि गिरफ्तार

2014-10-27

Lumbini, Banke, Nepalgunj

Binod Pandey बाँके । ०७१ कात्तिक ११ गते सरकारले हालै मात्र सञ्चालन गरेको फैसला कार्यान्वयन टोलीले महिला हत्याका अभियुक्तलाई पन्ध्र वर्षपछि कात्तिक १० गते गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको छ । बुहारी हत्या गरेको अभियोगमा जनही २० वर्षकैद सजाय सुनाएका नेपालगञ्ज नपा-१६ बेलासपुरका रामसुख चिडीमार र सोही ठाँउकी दुन्नी चिडीमारलाई गिरफ्तार गरी अदालतमा बुझाएको हो । उनीहरूलाई जेल पठाइएको छ। देवी चिडीमारको उजुरीले नेपाल सरकार वादी रहेको कर्तव्य ज्यान मुद्दामा रामसुख र दुन्नी विरुद्ध ०४९ सालमा आफ्नै बुहारी हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतले ०५७ सालमा फैसला गरेको उक्त मुद्दाका आरोपितहरू फरार रहेका थिए । अदालतको फैसला कार्यान्वयन विशेष अभियान कार्यसमूह टोलीले दुवै जनालाई उनीहरूकै घरमै गएर गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुशील राठोरले जानकारी दिए । कात्तिक २ गतेबाट बाँके जिल्लामा अदालतका शाखा अधिकृत लिलाराम खड्काको संयोजकत्वमा प्रहरी सम्मिलित कार्यसमूह गठन गरी परिचालन गरिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis