Incident Reports

बालिका हत्या आरोपमा बुवा र मामाहरू गिरफ्तार

2014-10-27

Madhes, Saptari, Khadak

Manohar Kumar Pokharel सप्तरी । ०७१ कात्तिक ११ गते कञ्चनरुप नपा-६ प्रिपा पूर्वस्थित पथरीटोलकी १३ वर्षीया रन्जनकुमारी महतोको हत्या आरोपमा गिरफ्तार उनका बुवा ५० वर्षीय मोहन महतो, सोही ठाउँ बस्ने मामाहरु ४५ वर्षीय दर्शन महतो र ३५ वर्षीय पुलकित महतोलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले कात्तिक १० गते जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेको छ । आरोपित तीनै जनालाई कात्तिक १० गते जिल्ला सरकारी वकिल कार्यालय राजविराजमा बयानका लागि हाजिर गराइएको थियो । प्रहरीकाअनुसार रन्जनकुमारीलाई गत असोज २७ गते कुटपिट गरी हत्या गरेपछि आरोपितहरूले वरिपरि कसैलाई थाहा नदिई सोही राति घरभन्दा पूर्वबाट बग्ने त्रियुगा नदीमा लाश बगाएका थिए । कुटपिटबाट मृत्यु भएपछि रन्जनकुमारीको लाश राति नै नदीमा बगाएकाले हालसम्म भेटिएको छैन् । इन्स्पेक्टर कार्कीले भने, विशेष अनुसन्धानपछि हत्यामा बुवा र मामाहरूको संलग्नता देखिएपछि गिरफ्तार गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको नियन्त्रणमा राखिएको छ ।" परिवारका सदस्यले कुटपिट गरेपछि असोज २५ गते घर छाडी निक्लिएकी पीडितलाई अभिभावकहरूले कञ्चनरुप गाविस-३ बदगामास्थित दिदी नाता पर्ने कलावती महतोको घरबाट असोज २६ गते घर फिर्ता ल्याएका थिए । घर छाडी निक्लिएको विषयमा केरकार गर्दै आरोपितहरूले निर्घात कुटपिट गरेपछि रन्जनकुमारीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । हत्या भएको करिब एक सातापछि कात्तिक २ गते छिमेकीले रन्जनकुमारीको सोधखोज गर्न थालेपछि प्रहरीको निगरानीमा रहेका आरोपितहरूलाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis