Incident Reports

बलात्कार प्रयासका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-10-27

Province 1, Dhankuta, Dhankuta

Santosh Ruchal धनकुटा । ०७१ कात्तिक ११ गते १० वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बेलहारा गाविस-७ का १८ वर्षीय उत्तम तामाङलाई जिल्ला अदालतले पुर्पक्षको लागि कारागारमा थुनामा राख्न कात्तिक ११ गते आदेश गरेको छ । बालिका घरबाट विद्यालय जाँदै गर्दा असोज ३ गते बेलहारा गाविस-५ मा बाटो छेकेर आरोपितले बलात्कारको प्रयास गरेका थिए । बालिकाको अभिभावकले असोज ३ गते नै प्रहरीलाई मौखिक उजुरी दिएपछि सोही दिन आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरेको थियो । बालिकाको असोज ३ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis