Incident Reports

जातीय छुवाछूत गरेको आरोपमा जाहेरी दर्ता

2014-10-30

Bagmati, Dhading, Nilakantha

Sitaram Adhikari धादिङ । ०७१ कात्तिक ११ गते ज्यामरुङ गाविस-७ कुमाइज्यामङका ५७ वर्षीय रामबहादुर बसेलले आफूलाई दलित भनेर छुवाछूत गरेको आरोपमा ६५ वर्षीय नीलबहादुर इटनी र उनकी पत्नी २७ वर्षीया सुन्दरी इटनीविरुद्ध कात्तिक ११ गते प्रहरीमा उजुरी दर्ता गराएका छन् । पसलमा पसेर हात मिलाउन लाग्दा आफूमाथि छुवाछूत गरेको जाहेरीमा उल्लेख छ । पीडित र पीडक पक्षबीच कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा छलफल गराउँदा कुरा नमिलेपछि पीडित पक्षले जाहेरी दर्ता गराएका हुन् । पीडितले आफूलाई क्षतिपूर्ति नभइ न्याय चाहिने भएकोले मिलापत्र नगरेको बताएका छन्। ०५६ सालमा पीडित बसेलको अगुवाइमा दलितलाई बर्जित गरिएको ढोलामण्डी प्रवेश गर्न लाग्दा गैर दलितबाट कुटाइ खाएर गम्भीर घाइते भएका थिए । तत्कालीन अवस्थामा पीडकहरूलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis