Santosh Ruchal
धनकुटा । ०७१ कात्तिक १२ गते
मूर्तिढुङ्गा गाविस-२ की २० वर्षीया मेनुका न्यौपानेले पति २६ वर्षीय नवीन भण्डारीले खानलाउन नदिएको भनी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
पतिले खानलाउन नदिई आफूलाई मानसिक यातना दिएकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् ।
पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउन आजै सिधुवा प्रहरी चौकीलाई निर्देशन दिई सकिएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख असई सोमा तामाङले बताइन् । न्यौपानेले भण्डारीसँग तीन महिना अगाडि मात्र विवाह गरेकी थिइन् ।
सन्तोष रुचाल