Incident Reports

अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-05-19

Lumbini, Banke, Nepalgunj, Ward 11

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका –११ का २१ वर्षीय नुरआलम राईलाई  जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ५ गते अपहरण तथा शरीर बन्धक गरेकोे भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनाको उजुरीका आधारमा प्रहरीले आरोपित र पीडित बालिकालाई भारतीय प्रहरीसँगको सहकार्यमा गिरफ्तार गरी पीडितलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी  सन्तोषसिंह राठौरले बताउनु भयो ।

पीडित बालिका रहेको र भारतमा फेला परेकोले आरोपितविरूद्ध अपहरण तथा शरीर बन्धक, बलात्कार र मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान भइरहेको एसपी राठौरले बताउनु भयो ।

दुबै जनाको स्वास्थ्य परीक्षण जेठ २६ गते भेरी अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Rape
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments