Incident Reports

महिलाको हत्या आरोपमा एक जना पक्राउ

2023-06-14

Madhes, Dhanusha, Mithila Bihari, Ward 8

महिलाको हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको हत्या गरेको आरोपमा बाराको कलैया नगरपालिका १८ घर भई हाल जनकपुर बस्दै आएका २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको हो ।

मण्डलले धनुषाको मिथिलाबिहारी नगरपालिका ८ की ४२ वर्षीय उषा दासको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले मण्डललाई चितवनको हाकिम चोकबाट पक्राउ गरेको बताएको छ ।

प्रहरी अनुसन्धानबाट मण्डल र दासबीच अनैतिक सम्बन्ध रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले दुई जनाबीच विवाहको विषयमा विवाद हुँदा मण्डलले महिलाको घाँटी थिचेर हत्या गरेको पाइएको बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments