Incident Reports

रंगिला भुजेल प्रकरण : सामाजिक सञ्जालको चिनजानपछि प्रेमबिहे, दुई महिनामै हत्या

2023-06-09

Gandaki, Tanahun, Byas, Ward 5

तनहुँको व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला भुजेलको सामाजिक सञ्जालमा एक अपरिचित युवकसँग भेट भयो।

सामाजिक सञ्जालमा भेटिएका भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्टसँग दैनिक गफगाफ हुन थाल्यो । सामाजिक सञ्जालको चिनजान विस्तारै प्रेममा परिणत भयो । भेटघाट बाक्लिदै गयो, प्रेम झ्याँगिदै ।

करिब ७ महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न दुवै राजी भए । योजना बनाए, नयाँ वर्षको दिन विहे गर्ने । वैशाख १ गते प्रेमलाई जीवनसारथीको सम्बन्धमा परिणत गरे । खसम खाए ‘सँगै जिउने सँगै मर्ने ।’ मनोज रंगिलाको खसम भए । मार्केटिङको काम गर्ने उनले बिहेपछि श्रीमतिलाई दमौली डेरामा राखे ।

मंगलबार व्यास नगरपालिका–५ चिहानडाँडाको सुवर्ण मार्गमा दुर्गन्ध फैलिरहेको थियो । डुङडुङ्ती हन्हाउन थालेपछि शंकास्पद ठानेर स्थानीयले जनप्रतिनिधिलाई खबर गरे, जनप्रतिनिधिले प्रहरीलाई ।

प्रहरीले खोजतलास गर्दा नालीको पानी निकासका लागि राखेको ह्युमपाइपमा महिलाको शव फेला पर्‍यो। बोराभित्र राखिएको क्षतविक्षत अवस्थाको शवमा किरा परेका थियो । वेवारिसे शव दमौली अस्पतालको शवगृहमा राखेर प्रहरीले अनुसन्धान थाल्यो ।

मंगलबार बिहान मात्रै मनबहादुर भुजेलले फोटो सहित प्रहरीमा छोरी हराएको उजुरी दिएका थिए । मनबहादुरको उजुरीमा जेठ २४ गतेदेखि छोरी वेपत्ता भएको उल्लेख थियो ।

मनबहादुरले दिएको फोटोसँग शवको हुलिया मेल खाएपछि प्रहरीले मनबहादुरलाई बोलायो । उनले छोरीको शवको पहिचान गरे । त्यो शव थियो, उनै रंगिला भुजेलको जसले २ महिना अगाडि मात्रै प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको थिइन् ।

शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालिसकेको थियो । प्रहरी मंगलबार राती नै हत्यारा पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार दिउँसो हत्यारा सार्वजनिक गरेको छ । रंगिलाको हत्याको आरोपमा पक्राउ परेका छन् उनकै खसम मनोज । ‘सँगै मर्ने, सँगै बाँच्ने’, कसम खाएका मनोजले हत्या स्विकारेको तनहुँका प्रहरी प्रमुख एसपी अवधेश बिष्टले बताए ।

एसपी विष्टका अनुसार मनोजले रंगिलाको हत्या शुक्रबार डेरामै गरेका थिए । ‘डेरामा हत्या गरेर ह्युमपाइपमा शव व्यवस्थापन गरेको पाइयो’, उनले भने ।

‘रंगिलाले २ वटा सिम प्रयोग गरेकाले मनमुटाव सिर्जन भई मनोजले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, एसपी विष्टले भने ।

मनोज र रंगिलाबीच जेठ २६ गते दिउँसो झगडा भएको थियो । झगडापछि मनोजले रंगिलाको हत्या गरेको बयान दिएका छन् । ‘श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए’, उनले भने ।

पक्राउ परेका मनोजलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप रहस्य खुल्ने प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी भइरहेको एसपी विष्टले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments