Incident Reports

साथीको हत्या गरेको आरोपमा पक्राउ परे २२ वर्षीय युवक

2023-06-13

Lumbini, Rupandehi, Tillotama, Ward 16

आफ्नै साथीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाबाट एक युवकलाई पक्राउ गरेको छ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ का १८ वर्षीय सुमन कुँवरको हत्या आरोपमा उनकै साथी तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियाका २२ वर्षीय ज्ञान बहादुर कुँवर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत जेठ ३० गते साँझ ७ बजेतिर सुमन मृत अवस्थामा फेला परेका थिए।

स्थानीय देवनाथ कुँवरको जस्ताले छाएको पक्की खाली घरमा सुमन मृत फेला परेपछि अनुसन्धानको क्रममा ज्ञान बहादुरले उनको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दान बहादुर थापाले जानकारी दिए।

´केही समययता मृतक र हत्या आरोपित दुबैजना सँगसँगै खाने, बस्ने, घुम्ने र लागू औषध गाँजा सेवन गर्दै आएको अनुसन्धानबाट देखिन्छ, सोही क्रममा सामान्य विवाद उत्पन्न भएपछि आवेगमा आएर सुमनको हत्या गरेको आरोपितले स्वीकार गरिसकेका छन्,` डिएसपी थापाले भने।

जेठ ३० गते साँझ सुमनको हत्या गरेपछी फरार भएका ज्ञान बहादुरलाई तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा लुकिछिपी बसेको अवस्थामा बिहीवार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

पक्राउ परेका कुँवरलाई जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

थापाले पछिल्लो समय ४० प्रतिशत बढी घटना लागुऔषध दुर्व्यसनका कारण हुने गरेको समेत बताए। इलाका प्रहरी कार्यालय बुटवलमा हाल दर्ता रहेका ३० बढी मुद्दामध्ये १२ वटा मुद्दा लागुऔषध सम्बन्धि रहेको थापाले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports