Incident Reports

सर्लाहीको चन्द्रनगरमा बालिका सम्मेलन गर्न माग गर्दै प्रदर्शन

2023-06-18

Madhes, Sarlahi, Chandranagar

सर्लाही । सर्लाहीको चन्द्रनगरमा बालिका सम्मेलन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । शनिबार बालबालिका, महिला अधिकारकर्मी तथा महिलालगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

यसअघि शनिवारका लागि तोकिएको बालिका सम्मेलन केही जनप्रतिनिधिहरुको विरोधका कारण स्थगित गरिएको थियो । शुक्रबार गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का अध्यक्ष , वडा नं. ४ का अध्यक्ष राजिव सिंह , वडा नं. ३ का अध्यक्ष सिताराम महतो लगायतको टोलीले बालिका सम्मेलन स्थगित गर्न माग गरेका थिए ।

प्रदर्शनकारीहरुले तत्काल बालिका सम्मेलन गर्न माग गरेका छन् । सन् २०३० सम्म बाल विवाहको अन्त्य र बालिकालाई सक्षम बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्ने तयारी रहेको थियो । जनप्रनिधिहरुकै आग्रहमा गाउँपालिकाले सम्मेलन रोकेपछि सो कदमको चौतर्फी आलोचना भैरहेको छ । सम्मेलन रोक्न माग गर्ने जनप्रतिनिधिहरुले भने यसबारेमा प्रतिक्रिया दिएका छैनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments