Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-23

Madhes, Saptari, Tilathi Koiladi, Ward 5

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खङ्ग जेठ ३२ गते गिरफ्तार भएका छन् ।

पीडितका बुबाले ०७९ चैत २ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत ९ गते दर्ता गरेर आरोपितको खोजी गरिरहेको थियो । अदालतबाट चैत १२ गते नै पक्राउ पुर्जी जारी भई खोजीमा रहेका आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी दिपककुमार रायले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १२ गते भयो । अस्पतालका अनुसार पीडित ४ महिनाको गर्भवती रहेकी छिन् ।

आरोपितकी साली मुर्तिदेवी खङ्गको तिरहुत गाउँपालिका–२ स्थित घरकोठामा थुनेर ०७९ कात्तिक ७ गतेदेखि पटक–पटक बलात्कार गरेका कारण गर्भवती भएको पीडितले बताउनु भयो । मुर्तिदेवीका पति लक्ष्मण खङ्ग वैदेशिक रोजगारमा छन् ।

बलात्कार गरेको दृष्यको फोटो र भिडिओ झ्यालबाट लिएको र कसैलाई भनेमा फोटो र भिडिओ देखाएर जीवन बर्बाद पार्ने भनी मुर्तिदेवीले धम्की दिएकी पीडित पक्षको आरोप छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments