Incident Reports

पत्नी कुटपिट गर्ने सशस्त्र प्रहरी जवान गिरफ्तार

2014-10-29

Komal Niranjan Bha भीमदत्तनगरपालिका -९ मटेनाकी २७ वर्षीया सरस्वती धामगीलाई पति २९ वर्षीय रमेश धामीले कात्तिक १२ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी छिन् । सुत्केरी रहेकी पत्नि सरस्वतीलाई छोरीको न्वारनको दिन सशस्त्र प्रहरी जवान समेत रहेका रमेशले सामान्य विवादमा मरणसन्न गरी कुटपिट गरेको पीडितकी आमा राधा धामीले बताइन् । पीडितको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लगिएको उनले बताइन् । पीडितको मुख र नाकमा चोट लागेको छ । आरोपितलाई कात्तिक १२ गते सशस्त्र सीमा सुरक्षा बल गड्डाचौकीले नियन्त्रणमा लिएको छ । पीडितका माइतीपक्षले आरोपितकाविरुद्ध दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको भन्दै कात्तिक १३ गते पीडितपक्षले जाहेरी दर्ता गरी पाउँ भनी प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले बताइन् । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis