Incident Reports

सिरहामा लघुवित्त पीडितको प्रदर्शन

2023-06-22

Madhes, Siraha, Lahan

लद्युवित्तबाट पीडितहरुले सिरहाको लहानमा विरोध प्रदर्शन गरेका छन् । लद्युवित्त पीडितहरुले गठन गरेको लद्युवित्त संघर्ष समितिले सिराहा र सप्तरीको सिमानामा रहेको बलान पुलको सिरहा क्षेत्रमा प्रदर्शन गरेको हो । लघुवित्त पीडितहरुले सडक अवरुद्ध गर्दै चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन् । प्रदर्शनपछि राजमार्गमा चल्ने सवारी साधन अवरुद्ध भएका थिए ।

प्रदर्शनकारीहरुले सडक अवरुद्ध गरेपछि प्रशासनलाई खुलाउन हम्मे हम्मे परेको थियो । प्रदर्शनमा सिरहा र सप्तरीका प्रदर्शनकारीहरु सहभागी थिए । सरकारले समयमै माग पुरा नगरे थप सशक्त आन्दोलन गर्ने पीडितहरुले चेतावनी दिएका छन् ।

यसअघि पनि उनीहरुले देशव्यापी रुपमा आन्दोलन गरेका थिए । त्यसबेला सरकारले मागको सम्बोधन गर्ने आश्वासन दिएको थियो । तर सरकारले माग पुरा नगरेपछि उनीहरु फेरी आन्दोलन गर्न बाध्य भएको प्रदर्शनमा सहभागि एक पीडितले दुखेसो पोखे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis