Incident Reports

हत्या भएको खुलासापछि अन्तिम संस्कार गरेको शव उत्खनन्

2014-10-29

Province 1, Khotang, Kepilasagadhi

DM Chamling खोटाङ । ०७१ कात्तिक १३ गते पत्निद्वारा खुकुरी प्रहार गरी हत्या गरेको घटना खुलासा भएपछि सदगत् गरेको तीनदिनपछि सुङ्देल गाविस-४ का ४६ वर्षीय चतुरमान राईको शव कात्तिक १२ गते उत्खनन गरिएको छ । घरायसी विवादपछि ४० वर्षीया पत्नि राधिका राईले खुकुरी प्रहार गरी हत्या गरेको खुलासा भएपछि राईको शव उत्खनन् गरिएको हो । पत्नीले कात्तिक ९ गते खुकुरी प्रहार गर्दा मृत्यु भएको जानकारीपछि प्रहरीले शव उत्खनन् गरेको हो । दाहसंस्कार गरिएको राईको शव उत्खनन्पछि चेकजाँच गर्दा घाँटीमा खुकुरीको चोट देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी विनोदराज खरेलले बताए । उनले भने, 'हत्या गरेको थाहा पाएपछि टोली परिचालन गरेर शवउत्खनन् गर्दा घाँटीमा चोट रहेछ ।' पतिको हत्या गरेको खुलासा भएपछि प्रहरीले राधिकालाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । गिरफ्तारमा परेकी उनले आफैँले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । आइतबार बेलुका पतिलाई खुकुरी प्रहार गरी हत्या गरेपछि सोमबार बिहान आफैँले मृत घोषित गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार जीतमानको शव कात्तिक १० गते दाहसंस्कार गरिएको थियो । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै छ । हत्यामा संलग्न राधिकालाई इलाका प्रहरी कार्यालय बाक्सिला हुँदै कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय ल्याई पुर्‍याइने प्रहरीले जनाएको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis