Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-06-20

Gandaki, Kaski, Pokhara Lekhnath

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखराको रानीपौवास्थित एक मन्टेश्वरी स्कूलका संगीत शिक्षक २५ वर्षीय विवेक तामाङलाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार ५ गते लेकसाइडको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितको परिवारले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार वि.क.ले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments