Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-06-23

Lumbini, Dang, Ghorahi, Ward 10

कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका प्रशासन प्रमुख घोराही उप–मनपा–१५ का ३० वर्षीय मिनेश श्रेष्ठलाई ०८० असार ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले असार ४ गते आफ्नो कोठा र विद्यालय छेउमा बोलाएर धम्की र प्रलोभन देखाएर  यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यसअघि, पीडितले असार ६ गते विद्यालय प्रशासन प्रमुखले आफूमाथि दुर्व्यवहार गरेको र आफूमात्र नभइँ अन्य छात्राहरूमाथिसमेत यौनजन्य दुर्व्यवहार भएको उल्लेख गर्दै आफ्नो फेसबुक पेजमा स्टाटस् राखेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आरोपितमाथि कारबाहीको माग गर्दै असार ७ गते घोराहीमा प्रदर्शनसमेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी राजन गौतमले पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ८ गते  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , National/Online Media

0 Comments