Incident Reports

बलात्कार प्रयास गर्ने असई गिरफ्तार

2014-10-28

Province 1, Khotang, Jantedhunga

DM Chamling खोटाङ । ०७१ कात्तिक १३ गते मानसिक सन्तुलन गुमाएकी १८ वर्षीया एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा बराहापोखरी प्रहरी चौकीमा कार्यरत असई राजेन्द्रप्रसाद यादवलाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ । कात्तिक १० गते राती घरैमा सुतिरहेकी युवतीलाई बलात्कार गर्न खोजेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय चिसापानीमा कात्तिक ११ गते दिएको जाहेरीका थिए । आरोपितलाई अनुसन्धानका लागि अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेल पठाइएको प्रहरीले जनायो । मिलको फित्ताले बेरेर मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले बलात्कार गर्न खोजेपछि चिच्याउँदा आफूहरुले थाहा पाएको आफन्तले दिएको उजुरीमा उल्लेख छ । उनीविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिनोदराज खरेलले बताए । उनले भने, 'आरोपितले नेपाल प्रहरीको मर्यादाविपरीत काम गरेकाले हदैसम्मको कारबाही हुनेछ ।' डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis