Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी

2014-10-29

Bagmati, Kathmandu, Kathmandu

Bibek Dhungana काठमाडौँ । ०७१ कात्तिक १३ गते पत्नी २८ वर्षीया पानमायाँ तामाङलाई कुटपिट गरेको आरोपमा नुवाकोट जिल्ला ककनी गाविस-४ घरभई हाल काठमाडौँ कामनपा-१५ स्वयम्भु बस्ने ३२ वर्षीय लक्ष्मण तामाङविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता भएको छ । आरोपित लक्ष्मणले मादक पदार्थ सेवन गरी कात्तिक १२ गते निर्घात कुटपिट गरेपछि न्यायको माग गर्दै उनकी पत्नी पानमायाले कात्तिक १३ गते सो उजुरी दर्ता गराएकी हुन् । कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेकी पीडित पानमायाँले नजिकैको स्वास्थ्य क्लिनिकमा उपचार गराएकी छन् । आरोपित लक्ष्मणले कुटपिट गरी ज्यान मार्ने समेतको धम्की दिएपछि हाल आफु काठमाडौँ फुटुङ गाविसस्थित आफन्तको कोठामा बस्दै आएको पीडितले बताइन् । सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक गीता थापाले आरोपितलाई गिरफ्तार गरी तत्काल घटनाको अनुसन्धान अघि बढाउनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भुलाई पत्राचार गरेको बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis