Incident Reports

जुम्लाका पत्रकारले जिल्ला प्रशासनमा कापी कलम बुझाए

2014-10-29

Man Datta Rawal जुम्ला । ०७१ कात्तिक १३ गते जनताको सुरक्षार्थ खटिएका प्रहरीबाटै सर्वसाधरण नागरिक असुरक्षित भएको भन्दै जुम्लाका पत्रकार ले निमित्त प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीलाई कापी कलम वुझाइएका छन् । कालीकोट पत्रकार महासङ्घका अध्यक्ष तथा इन्सेक प्रतिनिधि कालीबहादुर मल्ललाई स्थानीयले कुटपिट गरेको एक हप्ता बित्न नपाउँदै नागरिक कर्मी डीबी बुढालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारले प्रशासन कार्यालयमा गएर कापी कलम बुझाएका हुन् । कात्तिक ११ गते बेलुका सात बजे नागरिककर्मी डीबी बुढा रेडियोबाट कोठातर्फजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै प्रहरीले हातपात गरी नियन्त्रणमा लिने प्रयास गरेपछि जुम्लाका पत्रकारले सुरक्षाको माग गर्दै यस्तो कार्यक्रम गरेका हुन् । नेपाल टेलिभिजनका पत्रकार कर्णबहादुर भण्डारीले सुरक्षाको पत्याभुति गराउने प्रहरीले नै र्सवसाधारण नागरिक र पत्रकारलाई दुर्व्यवहार गरेर तर्साउन थालेपछि आफूहरूले वाध्य भएर यस्तो कार्य गरेको बताए । उनले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अवस्थाको सृजना गर्न आग्रह गरे । अपराधीलाई गिरफ्तार नसक्ने प्रहरीले सोझा साझा जनतालाई दुःख दिइरहेको बताउँदै जुम्लाका पत्रकारहरुले आफ्नो कामकाज रोकेर सहायक प्रमुख जिल्ला अधिकारीलाई कापी र डटपेन बुझाएका हुन् । पत्रकारहरू प्रहरीबाटै असुरक्षित भएको भन्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै पत्रकारहरूले संयुक्त विज्ञप्ति समेत प्रकाशन गरेका छन् । प्रेश विज्ञप्तिमा भनिएको छ, यदि कर्णालीका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी नहुने हो भने कर्णालीका सम्पूर्ण पत्रकारले आफ्नो कलम र कापी जिल्ला प्रशासन कार्यालयमा बुझाएर टुलुटुलु हेरेर बस्नुको विकल्प छैन। मानदत्त रावल

0 Comments