Incident Reports

दाइजो नल्याएको आरोपमा परिवारजनबाट आमाछोरीको हत्या

2023-07-01

Madhes, Rautahat, Maulapur, Ward 4

मौलापुर नगरपालिका–४ बौधा पतौराकी २४ वर्षीया माला भन्ने कविता साह र दुई वर्षीया छोरी आरोही साहलाई असार १५ गते राति कविताका २८ वर्षिय पति धीरेन्द्र साह र परिवारजनले हत्या गरेको पीडित पक्षको आरोप छ ।

मृतकका बुबा माधवनारायण नगरपालिका–५ मिठुअवाका विजयशङ्कर साहका अनुसार तीन वर्षअघि सामाजिक रीतिरिवाजमा धिरेन्द्र साह र कविता साहको विवाह भएको हो । विवाहअघि कबुल गरेको दाइजो दिन नसकेको कारण छोरी र नातिनीको हत्या ज्वाँइ धीरेन्द्र साह र ज्वाइँका परिवारले गरेको विजयशङ्कर साहको आरेप रहेको छ । मोटरसाइकल, पलङ, भैँसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाँइले छोरीमाथि दबाब दिँदै आएको र आफूले दिन नसकेको कारण नातिनीसहित छोरीलाई कुटपिट गरी हत्या गरेको साहको आरोप छ ।

बिहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरी र नातिनीलाई आरोपित र आरोपितका परिवारले कुटपिट गरी हत्या गरेको जानकारी दिएको साहको भनाइ छ । त्यसपछि प्रहरीलाई खबर गरेर मौलापुर पुगेको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकोे बताउनु भयो । पत्नी र छोरीको हत्यापछि आरोपित र आरोपितको परिवारका सदस्य फरार रहेकाले खोजी कार्य भइरहेको एसपी बुढामगरले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 2
INSEC , National/Online Media

0 Comments