Incident Reports

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

2023-06-27

Province 1, Khotang, Ainselukhark, Ward 2

ऐँसेलुखर्क गाउँपालिका-२ बाकाचोलस्थित बौद्ध आधारभूत विद्यालयका ५७ वर्षीय प्राधानाध्यापक बलबहादुर दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय सन्तवीर तामाङ्गलाई गिरफ्तार गरेको छ ।

विद्यालयमा करारमा शिक्षक राख्ने क्रममा प्रधानाध्यापक दाहालले आफ्नो मान्छेलाई राखेको आरोपमा विद्यालय परिसरमा असार ०८० असार १३ गते शिक्षकमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारुङले बताउनु भयो ।

पीडितले आरोपितविरूद्ध असार १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ऐँसेलुखर्क गाउँपालिका-२ बाकाचोल घर भएका आरोपितलाई अनुसन्धानका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारबाट गिरफ्तार गरिएको डिएसपी मञ्जील मुकारुङको भनाइ छ ।

विद्यालयमा शिक्षक राखिएको तर आफ्नो मान्छे नभइ गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार शिक्षक नियुक्ति गरिएको विद्यालय प्रशासनले जनाएको छ । राहत दरबन्दी कोटामा कुमार तामाङलाई नियुक्ति गरिएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports