Incident Reports

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ- लुम्बिनी

2023-06-30

Lumbini, Rupandehi, Siyari, Ward 4

बुटवल — बालिका बलात्कारको अभियोगमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सियारी गाउँपालिका–४ ओर्लहबाका ५० वर्षीय चन्द्रिका हरिजन पक्राउ परेका हुन् ।

हरिजनले छिमेकी बालिकालाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको आरोप लागेको छ । स्थानीयको उजुरीपछि भागेका उनलाई सोमबार इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता श्यामू अर्यालले बताए ।

अभियुक्तलाई सोमबार नै करणी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments