Incident Reports

बलात्कारको घटना प्रहरीमा मिलापत्र l

2014-11-01

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamlin खोटाङ । ०७१ कात्तिक १६ गते ७ वर्षीया एक बालिकामाथि भएको बलात्कारको घटना प्रहरी कार्यालयमा मिलापत्र गरी आरोपितहरूलाई रिहा गरिएको छ । गोठाला गएको अवस्थामा बालिकामाथि बुईपा गाविसका १३ वर्षीय र ११ वर्षीय बालकले बलात्कार गरेको भन्दै पीडितको आफन्तले कात्तिक १३ गते बुईपास्थित प्रहरीचौकीमा उजुरी दिएको भए पनि जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते मिलापत्र गराइएको हो । जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतम पीडित र आरोपित दुवैजना नाबालक भएको र उनीहरूकै सहमति अनुसार मिलापत्र गरिएको प्रतिक्रिया दिए । पीडित बालिकाको आफन्तले बुईपा प्रहरी चौकीमा दिएको उजुरीको आधारमा कात्तिक १३ गते बुईपास्थित इलाका स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपित पक्षले धम्की दिएर जबरजस्ती मिलापत्र गराउन लगाएपछि मिलापत्र गरिएको पीडित पक्षको भनाई छ । प्रहरीले भने पीडितकै मञ्जुरीअनुसार मिलापत्र गराइएको जनाएको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis