Incident Reports

३३ वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा गुप्तचरका ‘सूचक’ पक्राउ

2023-07-06

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँमा ३३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ‘सूचक’लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–८ बिजौरी घर भएर काठमाडौँको हनुमानस्थानमा बस्दै आएका दामोदर पौडेल छन् । आरोपित पौडेललाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । रिजालले भने–‘उनीविरुद्ध बलात्कार मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ ।’

अनुसन्धान विभागको मुख्यालय स्थित कानुन शाखामा कार्यरत पौडेललाई निलम्बनको तयारी गरिएको छ । ३५ वर्षीय पौडेल कानुनका विद्यार्थी हुन् । ३३ वर्षीया युवतीले काठमाडौँस्थित आफ्नो डेरामा आएर पौडेलले २०७८ माघ २१ मा पहिलो पटक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

२०८० असार ७ मा पक्राउ गरेर महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालीमाटीले घटनाबारे अनुसन्धान गरिरहेको छ । खाना खाने निहुँमा डेरामा आएर पहिलोपटक बलात्कार गरेका दामोदरले त्यसपछि पटक–पटक ‘विवाह गर्छु भनेर इच्छा विपरीत’ बलात्कार गरेको पीडितले आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् । ‘२०७९ भदौ १६ मा आरोपितले हनुमानथानस्थित उनको डेरामा बोलाएर त्यहाँ बोल्न कराउन नदिई मुख थुनेर इच्छा विपरीत जबर्जस्ती करणी गरे’ पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ–‘घटनाबारे कसैलाई भनेमा तेरो आमाको ज्यान समेत लिन्छु भनेर अनुचित प्रभावमा पारेर बलात्कार गरेका हुन् ।’

नाता पर्ने दाइसँग म्यासेन्जरमा कुरा गर्दा पौडेलले आफूसँग कुरा गरेको र त्यसपछि लगातार आफूलाई ‘कन्ट्रोल’मा राखेर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed `0
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments