Incident Reports

एलओडी पुगेकी नाबालिग बलात्कार प्रकरण : सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

2023-07-06

Bagmati, Lalitpur, Lalitpur

ललितपुर । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो ।

त्यहाँ पुगेपछि कोइरालाले ती नाबालिगलाई पहिले अर्को कोठामा राखेका थिए । तर, केही बेरपछि केही बेरपछि कोइराला नाबालिग सुतेकै कोठा बलात्कार गर्न पुगेका थिए । नाबालिग चिच्याउन थालेपछि कोइराला त्यहाँबाट भागेका थिए । लगत्तै नाबालिगले आफन्तलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि बिहान करिब साढे ४ बजे ती नाबालिगलाई रेस्क्यू गरेको प्रहरीको भनाई छ । फरार रहेका कोइरालालाई सोही दिन पक्राउ गरिएको थियो ।

उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौँ आएको प्रहरी समक्ष बताएकी छन् । यद्यपि, उनी कोसँग र कसरी एलओडी पुगिन् भन्ने चाहिँ उनले हालसम्म खुलाएकी छैनन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments