Incident Reports

बलत्कार प्रयासको आरोपमा वृद्ध गिरफ्तार

2014-11-02

Bagmati, Nuwakot, Bidur

Nabdeep Shrestha नुवाकोट । ०७१ कात्तिक १६ गते सात वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा खानीगाउँ-४ बराफेदीका ८० वर्षीय लोकबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक १५ गते दिउँसो घरमा कोही नभएको समयमा बलत्कार प्रयास गरेको आरोपमा प्रहरीले सोही दिन बेलुका गिरफ्तार गरेको हो । पीडित बालिकाका परिवारले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा थापाले बलात्कार प्रयास गरेको उल्लेख गरी उनलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । पीडित बालिका र पीडक थापाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित पक्षको जाहेरीको आधारमा घटनाको अनुसन्धान गरि मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाशराज शर्माले जानकारी दिए । नवदीप श्रेष्ठ

0 Comments

Related Reports
Related Trend Analysis